
चितवन,१५ जेठ - माओवादीका प्रतिनिधिले मतपत्र च्यातेपछि भरतपुरमा मतगणना प्रभावित भएको छ । उनीहरुले मतपत्र च्यातेसंगै मतगणना प्रभावित भएको छ ।
भरतपुरको मतगणनामा नेकपा एमालेका उम्मेदवार रेणु ज्ञवाली र माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहालबीच तिब्र प्रतिस्पर्धा भइरहेको बेला माओवादीका नेताले मतपत्र च्यातिदिएपछि विवाद भएको हो ।

मत पत्र च्यातिनुअघि सम्म एमालेका ज्ञवाली रेणु भन्दा ७३३ मतले अग्रता लिएका थिए ।
मतगणना भइरहेको समयमा वाइसीएलका जिल्ला अध्यक्ष मधु न्यौपाने र द्रोण सिवाकोटीले मतपत्र च्यातेका थिए । उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले एमाले कार्यकर्रता गंगा लामालार्इ पनि नियन्त्रणमा लिएको छ ।

मतगणना स्थगन भएपनि एमालेका तर्फबाट उम्मेदवार रहेका देवी ज्ञवालीले पराजित मानसिकताको उपज मतपत्र च्यातिएको प्रतिक्रिया दिएका छन् ।