१७ असार २०८३, बुधबार

कोरोना व्यवस्थापनका लागि भारतलाई सहयोग गर्ने चीनको प्रस्ताव

बैशाख १०, २०७८
कोरोना व्यवस्थापनका लागि भारतलाई सहयोग गर्ने चीनको प्रस्ताव

भारतमा कोरोनाभाइरसको प्रकोप बढिरहेको बेलामा चीनले बिहीवार आवश्यक सहयोग तथा सहायता उपलब्ध गराउने प्रस्ताव गरेको छ । 

यस विषयमा सोधिएको प्रश्नमा चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले कोभिड–१९ महामारी मानवताको शत्रु भएको र यसको निवारणका लागि अन्तर्राष्ट्रिय एकता तथा पारस्परिक सहायता आवश्यक रहेको बताए । 

उनले भने, ‘भारतमा कोरोनाका कारण हालत बिग्रिएको र चिकित्सा आपूर्तिमा समस्या रहेको चीनलाई थाहा छ । महामारीमा नियन्त्रणका लागि चीनले भारतलाई सम्भव भएसम्म सहायता उपलब्ध गराउनेछ ।’

भारतमा कोरोनाभाइरसको नयाँ स्वरूप पत्ता लागेको छ । यो द्रुत गतिमा फैलिन्छ र मानव शरीरको रोगप्रतिरोधक क्षमतालाई बाइपास गर्न सक्षम छ । 
 

salt training

कमेन्ट गर्नुहोस्