
नेकपा एमालेले स्थायी कमिटी गठन गरेको छ ।
चैत्र १० गतेको बैठकले नवौं महाधिवेशनबाट गठन गरेको पदाधिकारी र स्थायी कमिटी भंग गरी महाधिवेशन आयोजक कमिटी गठन गरेको थियो ।
प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रवार बसेको दशौं महाधिवेशन आयोजक कमिटी बैठकले स्थायी कमिटी गठन गरेको हो ।
स्थायी कमिटीमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, नेता वामदेव गौतम, महासचिव ईश्वर पोखरेल लगायत छन् ।
गौतम यसअघि एमालेको उपाध्यक्ष थिए ।
शुक्रवार गठन गरिएको स्थायी कमिटीमा गृहमन्त्री रामबहादुर थापा, अर्थमन्त्री विष्णु पौडेल, सुवास नेम्वाङ, शंकर पोखरेल छन् ।
एमाले उपमहासचिव रहेका पौडेल नेकपाको महासचिव थिए ।
स्थायी कमिटीका पूर्व सचिव प्रदीप ज्ञवाली, माओवादीबाट एमाले आएका लेखराज भट्ट, टोपबहादुर रायमाझी पनि समेटिएका छन् ।
सत्यनारायण मण्डल, विष्णु रिमाल, छविलाल विश्वकर्मा, पृथ्वीसुब्बा गुरुङ, रघुवीर महासेठ, केशव बडाल पनि स्थायी कमिटीमा समेटिएका एक केन्द्रीय सदस्यले जानकारी दिए ।
स्थायी कमिटीमा माधव नेपाल पक्षका नेताहरूलाई भने राखिएको छैन ।
यसअघि बैठकमा उपस्थित नभएपनि माधव नेपाल र झलनाथ खनाललाई संसदीय बोर्डमा राखिएको थियो ।
बैठक बालुवाटारमा जारी छ ।