१७ असार २०८३, बुधबार

रुस : मृत्युको मुखमा पुगेको भनिएका नाभाल्नीले व्यायाम गरेको भिडियो सार्वजनिक

बैशाख १०, २०७८
रुस : मृत्युको मुखमा पुगेको भनिएका नाभाल्नीले व्यायाम गरेको भिडियो सार्वजनिक

रुसका विपक्षी नेता अलेक्सी नाभाल्नीले कारागारमा व्यायाम गरेको भिडियो सार्वजनिक गरिएको छ । उनले विगत तीन हप्तादेखि भोक हडताल गरेको बताइएको थियो । 

उनी कुनै पनि बेलामा मर्न सक्ने भनी दाबी गरिएकोमा यस्तो भिडियो सार्वजनिक गरिएको हो । 

शुक्रवार सामाजिक सञ्जालमा यो भिडियो फैलिएको थियो । तर यो कहिले खिचिएको भन्ने निश्चित छैन । 

भिडियो बिहीवार खिचिएको भनी एकथरीले दाबी गरिरहेका छन् । 
 

नाभाल्नीका समर्थकहरूले सडकमा प्रदर्शन गरेर उनलाई चिकित्सककहाँ पहुँच दिन माग गरेका थिए । 

राष्ट्रपति भ्लादिमिर पुटिनका समर्थक ब्लगर सर्गे कोल्यास्निकोभले यो अद्वितीय भिडियो भएको बताए । 

‘ढाड दुखेका, खतरनाक विष दुईपटक दिइएका, गोडा र मिर्गौला कमजोर भएको भनिएका व्यक्ति बारमा पुलअप गरिरहेका छन् । कि त हामी बाइबलको स्तरको चमत्कार देखिरहेका छौं कि त रुसका विपक्षीहरू नाभाल्नीको स्वास्थ्यका विषयमा झूटो खबर फैलाइरहेका छन्,’ उनले लेखे ।

पश्चिमी मिडिया नाभाल्नीको स्वास्थ्यका विषयमा बढी नै हल्लाखल्ला गरिरहेको उनको भनाइ छ ।  
 

salt training

कमेन्ट गर्नुहोस्