२८ जेठ २०८३, बिहीबार

२ अर्ब १९ करोड बराबरको भ्याट छली गरेको अभियोगमा १३ फर्म विरुद्ध मुद्दा दायर

बैशाख १०, २०७८
२ अर्ब १९ करोड बराबरको भ्याट छली गरेको अभियोगमा १३ फर्म विरुद्ध मुद्दा दायर

राजश्व अनुसन्धान विभागले झुट्ठा तथा नक्कली भ्याट बलि बनाइ राजश्व छली गरेको अभियोगमा अनिल गुप्ता एण्ड एसोसिएट्सका सञ्चालक अनिल गुप्तासहित १६ जना विरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ ।

विभागका अनुसार काठमाडौं १४ कुलेश्वरको अंकुश ट्रेड एण्ड सप्लायर्सका सञ्चालक प्रविणकुमार महत्तो सहित १३ फर्मले २ अर्ब १९ करोड ८७ लाख ९५ हजार ६१४ बराबरको भ्याट छली गरेको पाइएको छ ।

ती फर्मले कर बीजक बमोजिमको रकम भुुक्तानी लिई सरकारी कोषमा दाखिला नगरेको पाइएको छ । उनीहरुले भ्याट र आयकर समेत छली गरेको पाइएको छ ।

उनीहरुले भ्याट तर्फ ६४ करोड ५० लाख ९७ हजार ८७२, आयकर १ अर्ब ५५ करोड ३६ लाख ९७ हजार ७४२ गरी २ अर्ब १९ करोड ८७ लाख ९५ हजार ६१४ बराबरको राजश्व चुहावट गरेको पाइएको छ ।

उनीहरुले अंकुश ट्रेड एण्ड सप्लायर्स, सन्ध्या ट्रेडर्स, लक्की ट्रेड, मुअन ट्रेडिङ, दिव्या इन्टरप्राइजेज, निकी के ट्रेडर्स, एन के डी ट्रेडर्स, जिएन ट्रेडर्स, सुवर्ण ट्रेड, सञ्जय इन्टरेनशनल, अंशु ट्रेड लिंक, कोमल ट्रेड लिंक, पिएनआर इन्रप्राइजेज, आयान ट्रेड लिंकको नाममा राजश्व छली गरेको पाइएको छ । विभागले उनीहरु विरुद्ध बिगो अनुसारको कारवाहीको माग गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्