०७ असार २०८३, आइतबार

चार वर्षपछि एपेन्डिसाइटिसको सफल शल्यक्रिया

बैशाख १०, २०७८
चार वर्षपछि एपेन्डिसाइटिसको सफल शल्यक्रिया
सन्दर्भ तस्बिर

 जिल्ला अस्पताल दार्चुलामा चार वर्षपछि एपेन्डिसाइटिसको सफल शल्यक्रिया भएको छ ।

डा आर्दश लिम्बू नेतृत्वको टोलीले नौगाड गाउँपालिका¬–४ का १७ वर्षीय गोविन्दसिंह धामीको सफल शल्यक्रिया गरेको अस्पतालले जनाएको छ ।

पेट दुख्ने, ज्वरो आउने भएको लामो समय भएपछि धामी उपचारका लागि अस्पताल आउँदा उनमा एपेन्डिसाइटिसको समस्या देखिएको थियो । जिल्ला अस्पताल दार्चुलाका डा आदर्श लिम्बु, एनेस्थेसिया सहायक बागेश्वरप्रसाद मिश्र, डा देवेन्द्र नेगी, स्क्रब नर्स लक्ष्मी धामीलगायत टोलीले एपेन्डिसाइटिसको सफलतापूर्वक शल्यक्रिया गरेको अस्पतालले जनाएको छ ।

    अहिले आएर लिम्बू नेतृत्वको टोलीले एक पटक पुनः जिल्लामै सफल शल्यक्रिया गर्न सफल भएको जिल्ला अस्पताल दार्चुलाका नायब सुब्बा आनसिंह डागाले जानकारी दिए । धामीको जिल्लामै सफल शल्यक्रिया भएपछि बिरामीका आफन्त पनि खुशी भएका छन् ।

कमेन्ट गर्नुहोस्