०१ असार २०८३, सोमबार

रसुवामा फेरि देखिन थाले सङ्क्रमित

बैशाख १०, २०७८
रसुवामा फेरि देखिन थाले सङ्क्रमित

लामो समयदेखि  शून्यतामा झरेको कोभिड–१९ सङ्क्रमण पुनः देखिन थालेपछि रसुवामा थप सजकता अपनाइएको छ ।

उत्तरगया गाउँपालिका–५  पहिरेबेसीँ गाउँक्षेत्रमा बसोवास गर्ने ६०, ३३ एवम् ३२ वर्षका व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि भएपछि त्यस क्षेत्रमा पूर्वसावधानी अपनाउन र स्वास्थ्यकर्मीले परामर्श सेवा दिन समेत थालिएको छ ।

घर नजिकको निर्माणाधिन एक जलविद्युत् आयोजनामा काम गर्न जानुपूर्व तीन जना मजदूरले त्रिशूली अस्पताल नुवाकोटमा स्वाव परीक्षण गराउँदा पोजेटिभ आएपछि उनीहरूलाई होम आइसोलेशनमा राखिएको जनस्वास्थ्य अधिकृत मनिषा देवकोटाले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्