११ असार २०८३, बिहीबार

कञ्चनजङ्घा हिमालमा यो वर्ष पनि आरोहण भएन, गएको १४ जनाको टोली पति त्यसै फर्कियो

कात्तिक २०, २०७४
कञ्चनजङ्घा हिमालमा यो वर्ष पनि आरोहण भएन, गएको १४ जनाको टोली पति त्यसै फर्कियो

ताप्लेजुङ, १५ जेठ - विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घामा आरोहणका लागि यो वर्ष गएको १४ जनाको टोली आरोहण गर्न नसकी फर्किएको छ ।kanchenjunga_1

आठ हजार ५८६ मिटर अग्लो यो हिमालमा आरोहणका लागि गएको टोली आठ हजार १७५ मिटर उचाइमा पुगेर फर्किएको हो । प्राविधिक समस्याका कारण सो टोली ४११ मिटर तलबाट फर्कन बाध्य भएको हो ।

आरोहणका लागि गएको तीन जना नेपाली महिला र ११ जना विदेशी टोली जेठ ३ गते चौथो बेसक्याम्प पुगेका थिए । उनीहरुले त्यहाँबाट गएर आरोहण प्रयास गरे पनि डोरी नपुगे पछि र त्यही बेला मौसममा खराबी आएपछि आरोहण गर्न नसकेको बताए । आठ हजार मिटरको चौथो क्याम्पमा १२ घन्टासम्म बस्दा पनि सम्भव नभएपछि फर्कनुपरेको आरोहण दलका संयोजक माया शेर्पाले बताइन् ।

उनीहरुलाई लाने शेर्पा पनि त्यहाँ पुगेपछि बिरामी भएका थिए । टोलीले एक महिना बसेर चौथो क्याम्पसम्म डोरी टाँग्ने, क्याम्प बनाउनेलगायतको काम पूरा गरेका थिए ।

सन् २०१३ र १४ मा लगातार दुर्घटना भएपछि १५ र १६ मा कसैले पनि आरोहणको अनुमति मागेन । ६० वर्षको अवधिमा ११ जनाले मात्रै आरोहण गरेको र त्यही रेकर्ड एकै पटक तोडेर ११ जना आरोहण गर्न चाहेको विदेशीको दाबी थियो ।

आरोहण दलमा इजरायल, भारत, स्वीट्जरल्यान्ड, कोरिया, जापान र चीनका आरोही रहेका थिए । उनीहरु सेभेन समिट ग्रुपबाट गएका हुन् । उनीहरुलाई नुरी शेर्पाले गाईड गरेका थिए । कञ्चनजङ्घाको पूर्वी मोहडाबाट आरोहण प्रयास गरिएको थियो । थप नयाँ रेकर्डका लागि थ्री बुमेन, थ्री टप को नारा लिएर तीन जना नेपाली महिलाले पनि आरोहणको प्रयास गरेका थिए । अभियानमा ओखलढुङ्गाकी माया शेर्पा, सोलुखुम्बुकी दावा याङ्जोम शेर्पा र दोलखाकी पासाङल्हामु शेर्पा संलग्न रहेका थिए ।

उनीहरुले सर्वोच्च शिखर सगरमाथा र दोस्रो अग्लो माउन्ट केटुको यसअघि नै सफल आरोहण गरिसकेका छन् । तेस्रो तथा अन्तिम हिमालको रुपमा कञ्चनजङ्घा चड्ने उनीहरुको योजना थियो । आरोहणसँगै जलवायु परिवर्तनको सन्देश दिने उनीहरुको योजना थियो ।

कञ्चनजङ्घामा सन् २०१३ र १४ मा आरोहण गरेर फर्कने क्रममा आठ जनाको ज्यान गएको थियो । त्यसपछिका दुई वर्ष कसैले पनि आरोहण प्रयास गरेन ।

salt training

कमेन्ट गर्नुहोस्