काठमाडौं, १५ जेठ– नेपालमा गणतन्त्र स्थापना भएको ९ वर्ष पूरा भएको छ । र सोमबार विभिन्न कार्यक्रम गरी दशौं गणतन्त्र दिवस मनाईँदै छ ।
२०६४ चैत २८ गते भएको संविधान सभाको निर्वाचनबाट गठित संविधान सभाको २०६५ जेठ १५ बसेको पहिलो बैठकले गणतन्त्र स्थापना भएको घोषणा गरेको थियो ।
नेपालमा अढाई सय वर्ष पूरानो जहानिया शाही साशन अन्त्य भएको तथा गणतन्त्र स्थापना भएको अवसरमा नेपालीले विभिन्न कार्यक्रम गरी गणतन्त्र दिवस मनाइरहँदा विश्वको चर्चित सर्च इन्जिन गुगलले पनि नेपाली गणतन्त्र दिवसलाई सम्झेको छ ।
गुगलले नेपालको गणतन्त्र दिवसको अवसरमा नेपाली राष्ट्रिय झण्डासहितको डुडल बनाएको छ । गुगलले आफ्नो लोगो नै नेपाली झण्डा तथा रंगसँग मिल्ने गरी बनाएको छ ।