काठमाडौं, १५ जेठ– दशौं गणतन्त्र दिवसको अवसरमा सरकारले नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्कालाई कीर्तिमय राष्ट्रदीप मानपदवीबाट सम्मान गर्ने भएको छ ।
यस्तै क्रिकेट टोलीका प्रशिक्षक जगत टमाटालाई प्रबल जनसेवाश्री मानपदवी प्रदान गरिने सरकारले निर्णय गरेको छ ।
सरकारले दशौं गणतन्त्र दिवसको अवसरमा ५१४ जनालाई विभिन्न मानपदवी, अलंकार र पदक प्रदान गर्ने निर्णय गरेको छ ।
गणतन्त्र दिवसको अवसरमा कीर्तिमय राष्ट्रदीप मानपदवीबाट सम्मानित हुनेमा पारससँगै कीर्तिमानी धावक तथा प्रशिक्षक हरिबहादुर रोकाया पनि छन् । यो मानपदवी ५ जनाले पाउनेछन् ।