०९ असार २०८३, मंगलबार

प्रचण्ड पुत्र प्रकाशले गरे पदक नलिने घोषणा

कात्तिक २०, २०७४
प्रचण्ड पुत्र प्रकाशले गरे पदक नलिने घोषणा

काठमाडौं, १५ जेठ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का पुत्र प्रकाश दाहालले गणतन्त्र दिवसका अवसरमा सरकारले प्रदान गर्ने सुप्रवल जनसेवाश्री पदक नलिने भएका छन् ।

गणतन्त्रको पदक वितरणमा नातावाद हावी भएको भन्दै चर्को आलोचना भइरहेका बेला प्रधानमन्त्री पुत्र प्रकाशले पदक नलिने घोषणा गरका हुन् ।

समतामूलक समाजको निर्माण, जनताको मुक्ति, आर्थिक–सामाजिक रुपान्तरण र राष्ट्रको समृद्धिका लागि जनयुद्ध, जनआन्दोलन लगायतका राजनीतिक संघर्ष र परिवर्तनमा आफ्नो प्रतक्ष्य भूमिका भएपनि पदकका लागि आफ्नो कुनै आकांक्षा नभएको प्रकाशले बताएका छन् ।

‘म आज पनि देशको परिवर्तन र समृद्धिकै आकांक्षासहित राजनीति र राष्ट्रिय अभियानमा समर्पित छु र भोलि पनि हुनेछु । गणतन्त्र दिवसका अवसरमा नेपाल सरकारले मलाई सुप्रवल जनसेवाश्री पदक दिने निर्णय गरेकोमा हार्दिक आभार व्यक्त गर्दछु । पदकका लागि मेरो कुनै आकांक्षा थिएन र छैन,’ सामाजिक सञ्जाल फेसबुकमा स्टाटस अपलोड गर्दै प्रकाश भनेका छन्, ‘ गणतन्त्रका निम्ति त्याग, बलिदान र जीवन समर्पण गर्ने योद्धाहरुको भूमिका र योगदानको सम्मान गर्नु मेरो कर्तव्य हो । त्यही कर्तव्यलाई बोध गर्दै मलाई प्रदान गरिएको पदक नलिने घोषणा गर्दछु ।’


salt training

कमेन्ट गर्नुहोस्