०३ साउन २०८३, आइतबार

कपिल शर्माले सुनिल ग्रोवरसँगको झगडाका बारेमा जोक गरे

कात्तिक २०, २०७४
कपिल शर्माले सुनिल ग्रोवरसँगको झगडाका बारेमा जोक गरे

काठमाडौं, १५ जेठ — हास्यकलाकार कपिल शर्मा र सुनिल ग्रोवरबीचको झगडा जहिले पनि हट टपिकका रूपमा रहिरहनेछ । अस्ट्रेलियाबाट भारत आउने क्रममा कपिलले सुनिललाई जाँडको सूरमा दुर्व्यवहार गरेर जुत्ता फ्याँकेपछि सुनिलले चित्त दुखाएर द कपिल शर्मा शो नै छोडेर हिँडेका थिए ।


आफूभन्दा अघि आफ्नो टीमले खाना खाएको भन्दै कपिल त्यतिखेर रिसाएको बुझिएको छ । सुनिलले शो छोडेर गएपछि कहिल्यै नफर्कने योजना बनाएका छन् ।

अस्ति शनिवारको एपिसोडमा कपिलले सुनिलसँगको झगडालाई जोक बनाए । कपिलको टीमले एउटा नक्कली प्लेनमा बसेर यो घटनालाई मजाक बनाए । यसमा कमेडियनहरूले झगडा गरेको देखाइएको छ । झगडा बढेपछि एयर होस्टेस (किकु शारदा) ले यात्रु (कपिल) लाई झगडा रोक्न आग्रह गरेको देखाइएको छ ।

कपिलले जवाफ दिन्छन्, ‘म फ्लाइटका बेलामा आजकल बोल्दै बोल्दिनँ ।’

त्यो देखेर शोमा आएका पाहुना सुरेश रैना र शिखर धवन मरीमरी हाँस्छन् ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्