१७ असार २०८३, बुधबार

मेलम्ची आयोजनाका लागि साढे २१ किलोमिटर सुरुङ खनियो

कात्तिक २०, २०७४
मेलम्ची आयोजनाका लागि साढे २१ किलोमिटर सुरुङ खनियो
लोकान्तर संवाददाता
काठमाडौं, १२ पुस –काठमाडौं उपत्यकाको खानेपानीको समस्या समाधानका लागि भरपर्दो विकल्प मानिएको बहुप्रतिक्षीत मेलम्ची खानेपानी आयोजनाका लागि साढे २१ किलोमिटर सुरुङ खन्ने काम सम्पन्न भएको छ ।
खानेपानी तथा सरसफाई मन्त्रालयका अनुसार मंगलवार सुन्दरीजलदेखि सिन्धुसम्मको खण्डको ९ दशमलव ५ किलोमिटर सुरूङ खन्ने काम सम्पन्न भएको छ ।

यससँगै मेलम्ची आयोजना सम्पन्न गर्नका लागि साढे ५ किलोमिटर सुरुङ खन्न बाँकी छ । मेलम्ची आयोजनाको कुल सुरुङको लम्बाइ करीव २७ किलोमिटर छ ।

‘मेलम्ची खानेपानी आयोजना सम्पन्न गर्नका लागि साढे २१ किलोमिटर सुरुङ खनिसकिएको छ,’ मन्त्रालयका सचिव भिम उपाध्यायले लोकान्तरसँग भने, ‘यो आयोजना सम्पन्न गर्नका लागि ऐतिहासिक उपलब्धी हो ।’

पर्याप्त खानेपानीको अभावमा काकाकुल बनेको काठमाडौं उपत्यकामा खानेपानी आपूर्तिका लागि सरकारले २०५७ सालमा मेलम्ची खानेपानी विकास समिति गठन गरेको थियो । विभिन्न अवरोधका कारण लामो समय वितिसक्दा पनि उपत्यकामा मेलम्चीको पानी भित्रिन सकेको छैन ।

आयोजना सम्पन्न भएसँग सिन्धुपाल्चोकको मेलम्ची, यांग्री र लार्के खोलाबाट दैनिक १७/१७ करोड लिटर पानी उपत्यका भित्र्याइनेछ । २०७४ असोज सम्ममा काठमाडौं उपत्यकामा खानेपानी वितरण गर्नेगरी आयोजनाले काठमाडौंमा पाइप विस्तारको कामलाई तीव्रता दिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्