११ असार २०८३, बिहीबार

नेपालमा पाइने यो जनावर, जसको विश्वभर सबैभन्दा बढी तस्करी हुन्छ

कात्तिक २०, २०७४
नेपालमा पाइने यो जनावर, जसको विश्वभर सबैभन्दा बढी तस्करी हुन्छ

काठमाडौं, १५ जेठ– के तपाईलाई थाहा छ, विश्वभर सबैभन्दा बढी कुन जनावरको तस्करी हुन्छ ? यो जनावरको नाम हो पैंगोलिन जसलाई नेपालीमा सालक भनिन्छ ।

पश्चिमी देशहरुमा धेरै मानिसलाई यो जनावरको बारेमा खासै जानकारी थिएन् । तर अब त्यहाँका धेरै मानिसहरुले यो जनावरबारे जानकारी पाएका छन् । किनकी यो जनावरको तस्करी लाखौं डलरको अवैध धन्दामा सामेल भइसकेको छ ।

सालक एक लोपोन्मुख वन्यजन्तु हो । यो जनावर प्राय नेपाल, भारत, चीन लगायतका दक्षीण एसियाली राष्ट्रहरू तथा अफ्रिकाका उष्ण भू–भागमा पाइन्छ । यसको शरीरमा ठुलाठुला कत्लाले ढाकको हुन्छ । यस बाहेक खबटा मुनि पहेँला जगरजस्ता रौं पनि उम्रेका हुन्छन् । यी रौं कत्लाको बीचबाट बाहिर निस्केको देखिन्छ र रौं धेरै हुँदा सालक सुनौलो पहेँलो रंगको देखिन्छ । यसले पुच्छरको सहायताबात रुखको हाँगामा झुन्डिन सक्छ ।

यो जनावरले आफुलाई खतरा महसुस भएमा त्यसबाट जोगिन गुँडुल्किएर भकुण्डो जस्तै डल्लो पर्छ । यसरी जोगिन आफ्ना बलिया मांसपेशीको पकडले एकै ठाउँमा टाँसिएर गुँडुल्किरहन सक्छ ।

विश्वभर आठ जातिका सालक पाइन्छन् । नेपालमा भने संकटग्रस्त कालो सालक र लोपोन्मुख तामे सालक मात्र पाइन्छन् । तर पनि धादिङको थाङसिङ बेसी, काभ्रेको बलथली, काठमाडौंको नागार्जुन साथै रामेछापका केही स्थानमा सेतो सालक पनि पाइने वन्यजन्तुविज्ञ बताउँछन् । २ हजार ५ सय मिटर उचाइको सालको जंगलमा भेटिने सालकको दाँत हुँदैन । तर, ६० देखि ७० सेन्टिमिटरसम्म फैलने यसले जिब्रोले धमिरा र कमिलाको प्रायः धमिरा र कमिला खान्छ । राति आहार खोज्न निस्कने सालक माटोकै रंगको भएकाले छुट्टयाउन मुस्किल पर्छ । कतैबाट आक्रमणको चाल पाउँदा डल्लो परेर बस्छ ।

अहिले विश्वभर सालकको तस्करी भइरहेको छ । विशेष गरी चीन, भियतनाममा औषधि बनाउन र माशु उत्पादनका लागि साललको बढी माग हुन्छ ।

चीन र भियतनमका धेरैजसो रेष्टुरेन्टमा पहिले ज्युँदो सालकलाई पाहुनाहरुको टेबुलमा पस्किने गरिन्थ्यो । पछि ग्राहकहरुकै सामुन्ने त्यसलाई काटिन्थ्यो । ताकि ग्राहकहरुालाई परिकार ताजा भएको यकिन दिलाउन सकियोस् ।

जानकारहरुका अनुसार पछिल्ला १० वर्षहरुमा विश्वभर करिब १० लाख सालकहरुको तस्करी भएको छ । पछिल्ला आंकडाहरुका अनुसार सालक विश्वको सबैभन्दा बढी तस्करी हुने जनावर बनेको छ ।

त्यसमा पनि सालकको संख्या विश्वमा घट्दो क्रममा छ । तर यसको माग भने बढ्दो क्रममा छ । लागुऔषध ब्राउन सुगर, कोकिनको भन्दा पनि पछिल्लो समय सालकको तस्करी बढीरहेको अध्ययनकर्ताको भनाइ छ ।

चीनमा चिकित्सा शास्त्र (मेडिकल साइन्स) मा अध्ययन गरिरहेकाहरुको भनाइ छ कि सालकको छाला केरेटिन नामक तत्वबाट बनेको हुन्छ । जसलाई धेरैजसो बिमारीको उपचारका लागि प्रयोग गर्ने गरिन्छ ।

केही सोधकर्ताहरुको भनाइ यो पनि छ कि सालकको छालामा भएको कत्लाले क्यान्सर जस्तो खतरानाक रोगलाई ठीक पार्न सक्छ । एजेन्शीहरुको सहयोगमा

salt training

कमेन्ट गर्नुहोस्