१७ असार २०८३, बुधबार

कोरोनाको नयाँ लक्षण देखिँदै, चिकित्सकहरू नै आश्चर्यमा

बैशाख १४, २०७८
कोरोनाको नयाँ लक्षण देखिँदै, चिकित्सकहरू नै आश्चर्यमा

कोरोनाभाइरसको नयाँ लक्षण देखिन थालेकाले चिकित्सकहरू आश्चर्यमा परेका छन् । 

एक नयाँ प्रतिवेदनअनुसार, कोरोना संक्रमितको प्लेटलेट्स अचानक झर्ने र उसलाई बेस्सरी थकाइ लाग्ने देखिएको छ ।

ज्वरो र सास फेर्न समस्या हुने लक्षण पनि देखिएको छ । यी आरम्भिक लक्षणलाई बेवास्ता गर्दा घातक हुन सक्छ । 

द टाइम्स अफ इन्डियाको समाचारअनुसार, आजाद नगर पारा रोडका अलीम शेखले अप्रिल १८ मा धेरै थकान भएपछि रगत जाँच गराए । चिकित्सकको सल्लाहबमोजिम जाँच गराउँदा उनको शरीरको प्लेटलेट्स अचानक कम भएर

जम्मा ८५ हजार बाँकी रहेको पाइयो । मानिसको शरीरमा सामान्यतः डेढ लाखदेखि साढे चार लाख प्लेटलेट्स हुनुपर्छ । 
 

अलीमले चिकित्सकको परामर्शमुताबिक औषधि खान थालेका थिए । तर अप्रिल २३ मा उनलाई सास फेर्न समस्या हुन थाल्यो । फेरि रगत जचाउँदा घटेर २० हजार कायम रहेको पाइयो । 

उनको स्वास्थ्य निकै बिग्रेपछि परिवारका सदस्यहरूले भर्नाका लागि अस्पतालहरूमा धाएको भए पनि अक्सिजन भएको शय्या छैन भन्दै सबैले फर्काइदिए । अलीमका भतिजा सनाका अनुसार, उपचारको प्रतीक्षामा नै उनको ज्यान गयो । 

यस्तै स्थिति अरू रोगीहरूको पनि रह्यो ।

salt training

कमेन्ट गर्नुहोस्