०५ असार २०८३, शुक्रबार

बागलुङमा १७९ विद्यालय भवन पुनर्निर्माण

बैशाख १४, २०७८
बागलुङमा १७९ विद्यालय भवन पुनर्निर्माण

बागलुङमा भुकम्पले भत्काएका १७९ विद्यालय भवन ठडिएका छन् । 

बागलुङमा हालसम्म १७९ विद्यालय भवनको पुनर्निर्माण भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यालय बागलुङले जनाएको छ । 

भूकम्प गएको ६ वर्ष बितिसक्दा विद्यालय पुनर्निर्माणले अन्तिम रूप लिन थालेको छ । विक्रम संवत् २०७२ सालको भूकम्पबाट क्षति पुगेका विद्यालय भवन ठडिएका छन् ।

बागलुङमा भूकम्पले भत्काएका करीब सबै विद्यालय पुनर्निर्माण भएका पुनर्निर्माण प्राधिकरणले जनाएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ शिक्षाले विद्यालय पुनर्निर्माणमा तदारुकता दिएपछि विद्यालय भवन ठडिएका हुन् ।

बागलुङमा पुनर्निर्माण कार्यालय (शिक्षा) स्थापना भएपछि आव २०७३/७४ मा १४, २०७४/७५ मा १४, २०७५/७६ पहिलो चरणमा ४०, दोस्रो चरणमा ३८, २०७६/७७ को पहिलो चरणमा ८, दोस्रो चरणमा ६५ विद्यालय पुनर्निर्माण गरिएको जिल्ला आयोजना कार्यान्वयन एकाइ (शिक्षा) प्रमुख मतिलाल चपाईंले जानकारी दिए ।

आव २०७६/७७ को दोस्रो चरणका विद्यालयको भौतिक प्रगति ८० प्रतिशत पुगेको र यसअघिका सबै विद्यालय निर्माण सम्पन्न भई विद्यालयलाई हस्तान्तरण गरिसकिएको छ । 

‘अन्तिम चरणका केही भवन हस्तान्तरण हुन बाँकी रहेको र केही भवन दुर्गमका हिसाबले ढिलागरी निर्माण भइरहेकाले केही प्रतिशतबाहेक १७९ विद्यालय पुनर्निर्माण भइसकेको छ,’ चपाईंले भने, ‘अब विद्यालयको पुनर्निर्माण लगभग सकिएको छ, सरकारले अब बन्ने विद्यालयको जिम्मा स्थानीय तहलाई दिने माथिको कार्यविधि छ ।’

बन्दाबन्दीमा भवन निर्माणले गति लिएपछि भौतिक प्रगति सन्तोषजनक देखिएको छ । 

यसैगरी प्राधिकरणले आव २०७५/७५ को दोस्रो चरणमा २५, २०७६/७७ को पहिलो चरणमा ८ र ६ खानेपानी आयोजना र २०७६/७७ को दोस्रो चरणमा २५ शौचालय र २५ खानेपानी आयोजना निर्माणधीन अवस्थामा रहेको तथा यसको भौतिक प्रगति ८० प्रतिशत भइसकेको छ ।

बागलुङमा निर्माण भएका १७९ विद्यालय मा ८२ वटा ४ कोठे, २९ वटा ३ कोठे र ६८ वटा २ कोठे विद्यालय निर्माण गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्