०४ असार २०८३, बिहीबार

घरमा छिर्दै गर्दा बाल्कोनी खसेपछि... (भिडियो)

बैशाख १४, २०७८
घरमा छिर्दै गर्दा बाल्कोनी खसेपछि... (भिडियो)

रुसको इझेव्स्क शहरमा एउटा अपार्टमेन्ट भवनमा दुईजना महिला पस्दै गर्दा बाल्कोनी खसेर झण्डैले किचेको भिडियो सार्वजनिक भएको छ । 

ती महिलाहरू पाँचतल्ले अपार्टमेन्टको भुइँतल्लाको भर्‍याङ चढ्दै गर्दा माथिबाट स्ल्याबहरू खसेका थिए । 

त्यसपछि उनीहरू भर्‍याङबाट दौडिँदै तल झरेका थिए । अलिकतिले मात्र उनीहरू स्ल्याबबाट जोगिएका थिए । 

घटना अप्रिल २३ मा भएको हो । 
 

स्ल्याब एक महिलाको घुँडामा लागेको र उनी अलिकति लड्न खोजेको जस्तो देखिन्छ । तर दुवै महिला भाग्न सफल हुन्छन् । 

खसेको भाग बाल्कोनीको एक हिस्सा थियो । घटनामा कसैलाई पनि गम्भीर चोटपटक लागेको छैन ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला । 

salt training

कमेन्ट गर्नुहोस्