०५ असार २०८३, शुक्रबार

उपनिर्वाचनका लागि निर्वाचन अधिकृतमा जिल्ला न्यायाधीश श्रेष्ठ नियुक्त

बैशाख १४, २०७८
उपनिर्वाचनका लागि निर्वाचन अधिकृतमा जिल्ला न्यायाधीश श्रेष्ठ नियुक्त

जेठ ६ गते बिहीवारको हुने राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि मकवानपुर जिल्ला अदालतका जिल्ला न्यायाधीश डिल्ली रत्न श्रेष्ठलाई निर्वाचन अधिकृत नियुक्त गरिएको छ ।

निर्वाचन आयोगको मंगलवारको निर्णयबाट श्रेष्ठलाई नियुक्त गरिएको आयोगका प्रवक्ता सहसचिव राजकुमार श्रेष्ठले प्रेस विज्ञप्तिमार्फत जानकारी दिए ।

बागमती प्रदेशको रिक्त राष्ट्रियसभा सदस्यको उपनिर्वाचनका लागि राष्ट्रियसभा सदस्य निर्वाचन ऐन २०७५ को दफा ७ बमोजिम न्याय परिषद्को परामर्शमा प्राप्त नामावलीका आधारमा मकवानपुर जिल्ला अदालतका जिल्ला न्यायाधीश डिल्ली रत्न श्रेष्ठलाई वैशाख १६ गतेबाट लागू हुने गरी निर्वाचन अधिकृत पदमा नियुक्त गरिएको आयोगले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्