०५ असार २०८३, शुक्रबार

चालक लाइसेन्सको आवेदन संकलन बन्द

बैशाख १४, २०७८
चालक लाइसेन्सको आवेदन संकलन बन्द
प्रतिकात्मक तस्वीर

यातायात व्यवस्था विभागले सवारीसाधन चालक अनुमतिपत्र (लाइसेन्स) को अनलाइन आवेदन संकलन बन्द गरेको छ ।

कोरोना भाइरस (कोभिड–१९) संक्रमण बढिरहेकाले आवेदन संकलन बन्द गरिएको विभागले जनाएको छ ।

विभागका प्रवक्ता डा. लोकनाथ भुसालले मंगलवार प्रकाशित गरेको सूचना उल्लेख छ, ‘विश्वभर फैलिँदै गइरहेको नयाँ भेरियन्टको कोभिड–१९ महामारीका कारण वैशाख १६ गतेबाट अर्को सूचना प्रकाशन नभएसम्मका लागि सवारी चालक अनुमति पत्रको अनलाइन आवेदन प्रणाली बन्द गरिने व्यहोरा जानकारीको लागि अनुरोध छ । यसबाट सेवाग्राहीलाई हुने असुविधाप्रति हामी क्षमाप्रार्थी छौं ।’

salt training

कमेन्ट गर्नुहोस्