०५ साउन २०८३, मंगलबार

मधेश आन्दोलनसँग सम्बन्धित १२० जनाको मुद्दा फिर्ता लिने सरकारको निर्णय

बैशाख १५, २०७८
मधेश आन्दोलनसँग सम्बन्धित १२० जनाको मुद्दा फिर्ता लिने सरकारको निर्णय

सरकारले मधेश आन्दोलनका क्रममा लागेका १२० जनाको मुद्दा फिर्ता गरेको छ । 

सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले बुधवार मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गरी मुद्दा फिर्ता भएको जानकारी गराएका हुन् । 

‘नेपाल सरकार बादी भई १ सय २० जना प्रतिवादी रहेका १५ वटा मुद्दा फिर्ता भएको छ । कानून र संविधान बमोजिम फिर्ता लिन मिल्नेलाई निरन्तर लिँदै जाने छ,’ गुरुङले भने । 

जनता समाजवादी पार्टी जसपाको माग अनुसार सरकारले मधेश आन्दोलनका क्रममा लागेका व्यक्तिहरूको मुद्दा फिर्ता गरेको हो । 

सरकारलाई समर्थनका लागि जसपाले मुद्दा फिर्तालाई शर्त बनाउँदै आएको थियो ।

जसपाको माग बमोजिम सरकारले मुद्दा फिर्ता लिएको हो । 

विप्लवसँग सम्बन्धित मुद्दा पनि फिर्ता हुने क्रममा रहेको उनले बताए ।

हेर्नुहोस्, क-कसको मुद्दा फिर्ता भयो ?


 

कमेन्ट गर्नुहोस्