२८ जेठ २०८३, बिहीबार

बाँकेमा कोरोना संक्रमणबाट पाँच जनाको मृत्यु

बैशाख १६, २०७८
बाँकेमा कोरोना संक्रमणबाट पाँच जनाको मृत्यु

बाँकेमा ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

भेरी अस्पताल र नेपालगन्ज मेडिकल कलेजमा उपचाररत ५ जनाको मृत्यु भएको बाँकेका कोभिड फोकल पर्सन तेज ओलीले जानकारी दिए । बुधवार राति र बिहीबार विहान मृत्यु भएको हो । 

नेपालगन्ज ४ का ६० वर्षिय पुरुषको बुधवार राति ९ बजे भेरी अस्पतालमा मृत्यु भएको थियो । त्यस्तै सोही समयमा नेपालगन्ज मेडिकल कलेजमा कोहलपुर ११ की ४३ वर्षिया महिलाको मृत्यु भएको थियो । त्यसैगरी भेरी अस्पतालमा बुधवार राती १० बजे नेपालगन्ज ९ का ४२ वर्षिय पुरुषको मृत्यु भएको थियो । 

भेरी अस्पतालमा नै मध्यराति बर्दिया बढैयातालका ३२ वर्षिया पुरुषको राति १ः३० बजे मृत्यु भएको छ । भेरी अस्पतालमै नेपालगन्ज ५ का ५५ वर्षिय पुरुषको पनि बिहान ५ः३० बजे मृत्यु भएको वलीले जनाएका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्