०९ असार २०८३, मंगलबार

सहकारी संघका जिल्ला अध्यक्षको कोरोना संक्रमणबाट मृत्यु

बैशाख १६, २०७८
सहकारी संघका जिल्ला अध्यक्षको कोरोना संक्रमणबाट मृत्यु

जिल्ला सहकारी संघ खोटाङका अध्यक्ष अनिल जोशीको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

सहकारीकै कामको सिलसिलामा पोखरा पुगेका अध्यक्ष जोशीमा कोरोना संक्रमण देखिएपछि पोखरास्थित आम्दा अस्पतालमा उपचार गराउँदा गराउँदै बुधवार राति मृत्यु भएको हो ।

मृतक जोशीको शव पोखरास्थित नेपाली सेनाको शव व्यवस्थापन टोलीले बिहीवार नै व्यवस्थापन गर्ने तयारी गरेको जनाइएको छ । विराटनगरबाट गत चैत २९ गते पोखरा पुगेका जोशीमा वैशाख ५ गते कोरोना संक्रमण पुष्टि भएपछि वैशाख ६ गते अस्पताल भर्ना गरिएको थियो । 

चैत २५ गते दिक्तेलबाट विराटनगर हुँदै पोखरा पुगेका जोशीमा विराटनगरमै हुँदा सामान्य रुघाखोकीको संक्रमण देखिएको पारिवारिक स्रोतले जनाएको छ । पारिवारिक स्रोतका अनुसार रुघाखोकीले च्याप्दै गएपछि पोखरामा स्वाब परीक्षण गर्दा जोशीलाई कोरोना संक्रमण पुष्टि भएको हो ।

सहकारी अभियान्ता अध्यक्ष अनिलको ४४ वर्षको उमेरमै कोरोना संक्रमणबाट निधन भएपछि परिवार शोकमा डुबेको छ । २ पत्नी र १ छोराका बुवा अनिल लामो समयदेखि सहकारी संस्थामै क्रियाशील थिए । 

salt training

कमेन्ट गर्नुहोस्