
कोरोना महामारीले विनाश मच्चाइरहँदा भारतको स्वास्थ्य प्रणालीको कमजोरी उजागर भएको हो ।
अस्पतालमा अक्सिजन, औषधि र चिकित्सा उपकरणको कमी छ । स्थितिलाई नियन्त्रणमा लिनका लागि भारतले विदेशी सहायता लिने नीतिमा १६ वर्षपछि ठूलो परिवर्तन गर्न लागेको छ ।
परिवर्तनपछि उसले विदेशबाट पाइने उपहार, दान र सहायता लिन स्वीकार गरेको छ ।
चीनबाट चिकित्सा उपकरण किन्ने निर्णय पनि उसले लिएको छ ।
भारतले अब चीनसँग अक्सिजन उपकरण तथा जीवनरक्षक औषधि किन्न कुनै बाधा छैन ।
पाकिस्तानले समेत भारतलाई सहायता गर्न खोजेको छ । तर भारतले पाकिस्तानबाट सहायता लिने विषयमा कुनै निर्णय लिएको छैन ।
राज्य सरकारहरूले विदेशी कम्पनीसँग जीवनरक्षक औषधि किन्न चाहेमा केन्द्र सरकारले बाधा गर्ने छैन ।
महामारीका कारण आक्रान्त भारतलाई सहायता गर्न २० देशले प्रस्ताव गरेका छन् र सामान पनि पठाउन थालेका छन् ।
भारत आफूलाई उदीयमान शक्ति र आत्मनिर्भर मुलुक मान्छ । त्यसैले १६ वर्षअघि मनमोहन सिंहको नेतृत्वमा यूपीए सरकारले विदेशी स्रोतबाट अनुदान र सहायता नलिने निर्णय गरेको थियो । सोह्र वर्षपछि विदेशी सहायता लिने
यो निर्णयले नयाँ दिल्लीको रणनीतिमा परिवर्तनको संकेत दिएको छ ।