
कैलालीको धनगढीमा रहेको सेती प्रादेशिक अस्पतालमा उपचाररत १ जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।
अस्पतालको आकस्मिक वार्डमा उपचाररत धनगढी उपमहानगरपालिका–३ की ४५ वर्षीया महिलाको बुधवार राति मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिली श्रेष्ठले जानकारी दिए ।
स्वास्थ्यमा समस्या देखिएपछि उनलाई वैशाख १४ गते अस्पताल भर्ना गरिएको थियो ।