०७ असार २०८३, आइतबार

घरमा बस्नुपरेको बेलामा यसरी बनाउनुस् कफी पुडिङ

बैशाख १६, २०७८
घरमा बस्नुपरेको बेलामा यसरी बनाउनुस् कफी पुडिङ

अहिले कोरोनाका कारण घरबाहिर निस्कने अवस्था छैन अनि रेस्टुराँ जाने त झन् कुरै छैन । अनि गर्मी पनि लागेको छ । 

यस्तो बेलामा घरैमा चिसो खानेकुरा बनाएर खानु ठीक हुन्छ । तपाईं कफी पुडिङ बनाएर खान सक्नुहुन्छ । यो बनाउन सजिलो छ र स्वादिष्ट पनि छ ।

यस्तो छ रेसिपी

सामग्री
दूध एक गिलास
कफी एक सानो चम्चा
चिनी दुई ठूलो चम्चा
मिल्क मेड दुई ठूलो चम्चा
मकैको पीठो दुई ठूलो चम्चा
सजाउनका लागि कोरिएको चकलेट 

विधि 
पहिला एउटा बाउलमा दूध, मकैको पीठो, चिनी, कफी र मिल्क मेड राखेर मिसाउनुस् । 

त्यसलाई प्यानमा राखेर लगातार मिसाउँदै दुई मिनेटसम्म गाढा नहुन्जेल पकाउनुस् । 

अलिकति चिसो भएपछि सेट हुनका लागि फ्रीजमा ६ घन्टा राख्नुस् । 

अब यसलाई प्लेटमा राखेर माथिबाट चकलेटले सजाउनुस् । 
 

कमेन्ट गर्नुहोस्