१४ असार २०८३, आइतबार

एकैदिन झण्डै ५ हजार व्यक्तिमा कोरोना पुष्टि, ३५ संक्रमितको मृत्यु

बैशाख १६, २०७८
एकैदिन झण्डै ५ हजार व्यक्तिमा कोरोना पुष्टि, ३५ संक्रमितको मृत्यु

पछिल्लो २४ घण्टामा थप झण्डै ५ हजार व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार बिहीवार थप ४ हजार ९२८ जनामा कोरोना पुष्टि भएको छ ।

कूल १३ हजार ५६० जनाको परीक्षण गर्दा आरटी–पीसीआरबाट ४ हजार ८३१ र एन्टिजेनबाट ९७ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ । यससँगै हालसम्म कूल संक्रमितको संख्या ३ लाख १७ हजार ५३० पुगेको छ । जसमध्ये २ लाख ८० हजार १६७ संक्रमित निको भइसकेका छन् । पछिल्लो २४ घण्टामा थप ८८८ संक्रमित निको भएका छन् ।

बिहीवार देशभर सक्रिय संक्रमितको संख्या ३४ हजार ११७ रहेको मन्त्रालयले जनाएको छ ।

कोरोनाले थप ३५ जनाको मृत्यु भएको छ । यससँगै मृत्यु हुनेको कूल संख्या ३ हजार २४६ पुगेको मन्त्रालयले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्