२५ जेठ २०८३, सोमबार

माथिल्लो तामाकोशीको मुख्य सुरुङमा पानी भर्न थालियो

बैशाख १६, २०७८
माथिल्लो तामाकोशीको मुख्य सुरुङमा पानी भर्न थालियो

माथिल्लो तामाकोशीको मुख्य सुरुङमा आजदेखि पानी भर्न थालिएको छ । कूल ४५६ मेगावाट क्षमताको सो आयोजनाको मुख्य सुरुङमा पानी भरेर परीक्षण थालिएको हो ।
 
सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङको प्रमुख आथित्यतामा आज आयोजनाको बाँधस्थल लामाबगरमा पानी भर्ने कार्यको शुभारम्भ भएको हो । सो अवसरमा आयोजनाका सम्बद्ध अधिकारीको समेत उपस्थिति थियो ।
 
आयोजनाका प्रवक्ता डा गणेश न्यौपानेका अनुसार १० देखि १२ दिनसम्म सुरुङमा पानी हालेर परीक्षण गरिन्छ । त्यसपछि विद्युत्गृह र अन्य उपकरणको परीक्षण गरिन्छ ।

salt training

कमेन्ट गर्नुहोस्