२५ जेठ २०८३, सोमबार

सीइडीबी हाइड्रोपावरको आईपीओ निष्काशन आजदेखि, कति भर्ने ?

बैशाख १७, २०७८
सीइडीबी हाइड्रोपावरको आईपीओ निष्काशन आजदेखि, कति भर्ने ?

सीइडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले आज (शुक्रवार) अर्थात् वैशाख १७ गतेदेखि आईपीओ निष्काशन गर्दैछ ।

प्रतिकित्ता रु १०० अंकित दरको २५ लाख १८ हजार २३० कित्ता साधारण शेयर निष्कासन गर्न लागेको हो । जसमध्ये कम्पनीले २ प्रतिशत अर्थात् ५० हजार ३६५ कित्ता शेयर कर्मचारी र ५ प्रतिशतले हुने १ लाख २५ हजार ९११ कित्ता शेयर म्युचुअल फन्डलाई छुट्याएको छ ।

बाँकी २३ लाख ४१ हजार ९५४ कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिन सकिने छ ।

यस कम्पनीको लगानी रहेको लमजुङ जिल्लामा ४.४० मेगावटको राधी विद्युत् कम्पनी र ०.१८ मेगावटको स्यागे खोला जलविद्युत आयोजना गरी २ वटा हाइड्रोपावर परियोजना सञ्चालन भइरहेको छ ।

कम्पनीको लगानी रहेको राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेड, दोर्दी खोला जलविद्युत् लिमिटेड तथा खारे खोला जलविद्युत् कम्पनी लिमिटेड गरी ३ वटा आयोजनाहरु निर्माण भइरहेको छ ।

साथै कम्पनीको लगानी रहेको संखुवासभा मकालु गाउँपालिका–०२ मा ४५ मेगावटको कसुवा खोला जलविद्युत आयोजना पनि निर्माण गर्ने क्रममा रहेको छ ।

सन् २००९ मा स्थापना सीइडीबी हाइड्रोपावर लिमिटेडको चालु आवमा प्रतिशेयर आम्दानी १३.०५ र प्रतिशेयर खुद सम्पत्ति १३८.७९ रहेको छ ।

कम्पनीले आ.व. २०७५/७६ मा १०.५४ प्रतिशत र २०७६/७७ मा ७.३७ प्रतिशत नगद लाभांश वितरण गर्न सफल रहेको छ भने कम्पनीले आगामी आवमा पनि लाभांश प्रदान गर्ने समेत प्रक्षेपण गरेको छ ।

साधारण शेयर बिक्रीपछि संस्थापक र सर्वसाधारणको शेयर अनुपात ७०ः३० कायम हुनेछ । हाल यस कम्पनीको चुक्ता पुँजी ५८ करोड ७५ लाख ९० हजार छ । साधारण शेयर बिक्री पश्चात कम्पनीको चुक्ता पुँजी ८३ करोड ९४ लाख १० हजार रुपैयाँ हुनेछ ।

कम्पनीको साधारण सेयरको निष्काशन तथा बिक्रीका लागि निष्काशन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ ।

प्रतिकित्ता रु १०० अंकित दरको २५ लाख १८ हजार २३० कित्ता साधारण शेयर निष्काशन हुने हुँदा इच्छुक लगानीकर्ताले मिति सी–आश्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत् अनलाइनबाट साधारण शेयरमा लगानीका लागि आवेदन दिन सक्नेछन् ।

उक्त सीइडीबीको साधारण शेयर निष्काशन बन्द मिति छिटोमा वैशाख २१ गतेसम्म रहनेछ ।

salt training

कमेन्ट गर्नुहोस्