१० साउन २०८३, आइतबार

भारतमा कोरोना फैलिनुमा कुम्भ मेलालाई किन जिम्मेवार ठहर गरियो ?

बैशाख १७, २०७८
भारतमा कोरोना फैलिनुमा कुम्भ मेलालाई किन जिम्मेवार ठहर गरियो ?

भारतमा कोरोनाभाइरसको दोस्रो लहर विस्फोट हुनुमा हरिद्वारको कुम्भ मेला र विधानसभा निर्वाचनका चुनावी सभाहरू जिम्मेवार रहेको विश्लेषण भइरहेको छ । 

हुन पनि कुम्भ मेलामा सहभागी भएर आएका तत्कालीन राजा ज्ञानेन्द्र शाह र उनकी पत्नी कोमल शाहको पनि कोरोना संक्रमणको सघन उपचार चलिरहेको छ । अन्य नेपाली तथा भारतीयहरू पनि कुम्भ मेला भरेर फर्केपछि संक्रमित भएको बताइएको छ । 

तर यसरी कुम्भ मेलालाई दोषी ठहर गर्न मिल्छ र भन्दै धारणा पनि आइरहेका छन् । युरोपेली भूराजनीतिक विश्लेषक ब्रुनो मकाएस यस विषयमा ट्वीट गरेका छन् ।

उनी सोध्छन्, ‘भारतमा कोरोनाको भयंकर विस्फोट हुनुमा कुम्भ मेलालाई किन व्यापक आरोप लगाइएको हो जबकि अमेरिकामा पोहोर साल भएका विरोध प्रदर्शन एउटा केसका लागि पनि जिम्मेवार थिएनन् ? कुम्भमा निकै कम मानिस सहभागी थिए । हो, धेरैतिरबाट मानिसहरू आएका थिए र भीडभाड भएको गेस्टहाउसमा बसेका थिए तर अरू नै केही भएको देखिन्छ ।’

उनी अर्को ट्वीटमा लेख्छन्, ‘भारतको त्रासदीमा कुम्भ मेला प्रमुख कारण हो भन्ने मलाई लाग्दैन ।’

‘किसानहरूको आन्दोलन पनि त थियो तर कोभिडको चर्चा गर्दा अमेरिकाका विरोध कार्यक्रमको कुरा नझिकिएझैं यसको कुरा पनि गरिएको छैन । यहाँ हलुका भिन्नता देखिन्छ ।’

‘ठ्याक्कै कतिजना कुम्भमेलामा सहभागी बने भनी म भन्न सक्दिनँ । ४० लाख जति ? तुलनै गर्ने हो भने अमेरिकामा पोहोर साल भएका विरोध प्रदर्शनमा दुई करोड ५० लाखभन्दा बढी सहभागी बनेका थिए ।’

(सरकारी आँकडाअनुसार यसपालिको कुम्भमेलामा ९१ लाखजना सहभागी भएका थिए ।) 

मकाएसको यस ट्वीटमा भारतीय लेखक हर्ष गुप्ता मधुसूदनले प्रतिक्रिया जनाएका छन् । उनका अनुसार, ‘ठ्याक्कै यही कारणले गिब्बन र उनीपछिका विद्वानले समेत ग्रिसेली रोमनेली तथा क्रिस्चिय धर्मभन्दा अघिका युरोपेली संस्कृतिलाई असभ्य ठान्ने गरेका थिए विशेष गरी ती हिंस्रक, अनैतिक हुन्छन् भन्ने गरेका थिए । त्यसैले कुम्भ मेलाका विषयमा पश्चिमको धारणा त्यही अवचेतन मनको सोचको परिणाम हो ।’

‘भारतको सन्दर्भमा पश्चिमाहरूमा बहुदेववाद र मूर्तिपूजाप्रतिको घृणासँगै फरक तथा गैरगोरो रंगप्रतिको भाव दुवैले काम गरेको देखिन्छ । मेकलेले रोमनेली देवतालाई मन पराउँथे तर भारतीय देवतालाई घृणा गर्थे । हुन त रंगका आधारमा गरिने विभेद अचेल कम महत्त्वपूर्ण हुन थालेको छ तैपनि यो अझै अस्तित्वमा छ ।' 
 

salt training

कमेन्ट गर्नुहोस्