भारतको प्रभावशाली टीभी च्यानल आजतकका एंकर तथा वरिष्ठ पत्रकार रोहित सरदानाको शुक्रवार देहावसान भएको छ ।
कोभिड पोजिटिभ भएपछि उनलाई बिहीवार मेट्रो अस्पतालमा भर्ना गरिएको थियो ।
सरदानाले सन् २००० को दशकको शुरूआतमा कपी एडिटरका रूपमा काम गरेका थिए । पछि उनी जी न्युजमा कार्यकारी सम्पादक तथा एंकर थिए ।
सन् २०१७ देखि उनी आजतकमा थिए । उनी लोकप्रिय कार्यक्रम दंगल चलाउने गर्थे ।