२६ जेठ २०८३, मंगलबार

सरकारका दुई मन्त्रीलाई कोरोना संक्रमण, खानेपानी मन्त्री थापालाई पनि कोरोना पुष्टि

बैशाख १७, २०७८
सरकारका दुई मन्त्रीलाई कोरोना संक्रमण, खानेपानी मन्त्री थापालाई पनि कोरोना पुष्टि

खानेपानी तथा सरसफाइमन्त्री मणिचन्द्र थापालाई कोभिड–१९ को सङ्क्रमण भएको छ ।

उनको पीसीआर परीक्षणमा क्रममा आज बिहान सङ्क्रमण पुष्टि भएको उनका स्वकीय सचिव राजेन्द्र गौतमले जानकारी दिए। 

मन्त्री थापाकी छोरी उष्णता श्रेष्ठ थापालाई सङ्क्रमण भएपछि उनको बिहीवार स्वाब सङ्कलन गरिएको थियो ।  उनकी छोरीलाई चार दिनअघि सङ्क्रमण भएको थियो । 

मन्त्रीसहित सचिवालयमा काम गर्ने १० जनाको पिसिआर परीक्षण गर्दा कसैलाई सङ्क्रमण देखिएन । सङ्क्रमण पुष्टि भएपछि मन्त्री थापाले अहिले ललितपुरस्थित मन्त्री निवास पुल्चोक आराम गरिरहेको उनका स्वकीय सचिव गौतमले जानकारी दिए। 

उनका अनुसार मन्त्री थापालाई अहिले सामान्य रुघाखोकी लागेको छ ।

यसअघि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीलाई सङ्क्रमण भएको थियो ।

मन्त्री रायमाझी सैनिक अस्पताल छाउनीमा उपचाररत छन् ।

salt training

कमेन्ट गर्नुहोस्