
इन्डियन प्रिमियर लीग (आईपीएल) मा बिहीवार खेलिएको म्याचमा मुम्बई इन्डियन्सका ब्याट्स्म्यान कीरोन पोलार्डको एउटा हर्कत खुबै चर्चित बनिरहेको छ ।
राजस्थान रोयल्सविरुद्धको खेलमा क्रिस मोरिसको बाउन्सर पोलार्डको हेल्मेटमा लागेर थर्ड म्यान बाउन्ड्रीतिर गयो । त्यसबेलामा पोलार्डले रमाइलो गर्दै बललाई ‘जा, जा’ भनेझैं गरी हात हल्लाए ।
पोलार्डले हात हल्लाएर बललाई बाउन्ड्री कटाएको भन्दै सामाजिक सञ्जालमा रमाइलो गरिएको छ ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुस् :
https://www.iplt20.com/video/236357/kieron-pollard-s-helmet-boundary