२६ जेठ २०८३, मंगलबार

गायक प्रकाश सपुतलाई कोरोना संक्रमण

बैशाख १७, २०७८
गायक प्रकाश सपुतलाई कोरोना संक्रमण

चर्चित गायक प्रकाश सपुतलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । 

बिहीवार गरिएको पीसीआर परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको गायक सपुतले जानकारी गराएका छन् । 

उनले आफूलाई शरीर धेरै दुख्ने, गल्ने, छटपटी हुने जस्ता लक्षणहरू देखिएपछि परीक्षण गराएको समेत बताएका छन् । 

सामाजिक सञ्जाल फेसबूकमा लेख्दै गायक सपुतले भनेका छन्, म होम आईसोलेशनमा छु । अवस्था सामान्य छ । कोरोना जित्न सकिन्छ भन्ने आत्मबल त राखौं तर यसलाई सामान्य भने नठानौँ । किनकि लक्षण सामान्य भएपनि यसले निकै हतोत्साहित बनाउने रहेछ । सतर्कता अपनाउ । सुरक्षित बसौँ !

अन्ततः काठमाण्डौ मेडिकल कलेज ( KMC) का अनुसार मेरो पिसिआर रिपोर्ट मा कोरोना पोजिटिभ देखिएको छ । सर्वप्रथम त यो बिचमा...

Posted by Prakash Saput on Friday, April 30, 2021

salt training

कमेन्ट गर्नुहोस्