२९ जेठ २०८३, शुक्रबार

अमेरिकाको विस्कोन्सिनमा गोलीकाण्ड, २ जनाको मृत्यु

बैशाख १९, २०७८
अमेरिकाको विस्कोन्सिनमा गोलीकाण्ड, २ जनाको मृत्यु

अमेरिकाको विस्कोन्सिनमा रहेको याशवाउबेनोनमा रहेको ओनीडा नेसन क्यासिनोमा एक बन्दूकधारीले दुईजनाको हत्या गरेका छन् र तेस्रो व्यक्तिलाई गम्भीर घाइते बताएका छन् । 

प्रहरीले घटनास्थलमा पुगेर बन्दूकधारीलाई मारेको छ । 

गोलीकाण्ड र्‍याडिसन होटल र कन्फरेन्स सेन्टर नजिकको क्यासिनोमा शनिवार साँझ साढे ७ मा भएको हो । 

घटनामा कुनै पनि अधिकारी घाइते भएका छैनन् । 

आरोपितले घटनास्थलमा नभएका मानिसलाई तारो बनाउन खोजेको प्रहरीको भनाइ छ । आफूले मार्न चाहेको मान्छे नभेटेपछि उसका सहकर्मी र साथीलाई मारेको देखिएको ब्राउन काउन्टी शेरिफका लेफ्टिनेन्ट केभिन पावलाकले सञ्चारकर्मीहरूलाई बताए । 
 

बन्दूकधारी पनि त्यही क्यासिनोका कर्मचारी भएको हुन सक्ने देखिएको छ । 

आफूहरू क्यासिनो पुगेको केही समयपछि गोलीको आवाज सुनेको प्रत्यक्षदर्शीहरूले बताए । कारतर्फ दौडँदै गर्दा थप १५ गोली चलेको सुनेको उनीहरूले बताए । त्यसको केही समयपछि प्रहरी घटनास्थलमा आइपुगेको थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्