संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकाललाई कोरोना संक्रमण भएको छ ।
मन्त्री ढकालले सामाजिक सञ्जाल फेसबूकमा स्टाटस राख्दै आफू र आफ्नी पत्नीलाई कोरोना संक्रमण भएको जानकारी गराएका हुन् ।
'आज गरिएको परीक्षणबाट हामी श्रीमान श्रीमतीलाई कोभिड- १९ संक्रमण भएको नतिजा प्राप्त भएको छ । हाल हाम्रो स्वास्थ्य अवस्था सामान्य रहेको छ र हामी निवासमा नै आराम गरिरहेका छौँ । यसबीचमा हामीसँग सम्पर्कमा आउनुभएका महानुभावहरूलाई आवश्यक सावधानी र सजगता अपनाउनुहुन अनुरोध गर्दछौँ । धन्यवाद ।' ढकालले लेखेका छन् ।
ढकाल कोरोनाको पहिलो लहरका समयमा स्वास्थ्य मन्त्री थिए ।