०५ असार २०८३, शुक्रबार

चट्याङ लागेर १ जनाको मृत्यु

बैशाख १९, २०७८
चट्याङ लागेर १ जनाको मृत्यु
प्रतिकात्मक तस्वीर

मकवानपुरगढी गाउँपालिका–४ डुम्रेकुनामा आइतवार चट्याङ लागेर गम्भीर घाइते भएका विराज वाइबाको मृत्यु भएको छ ।

घाइते मकवानपुरगढी–२ बस्ने २६ वर्षीय विराजको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक अविनाश अधिकारीले जानकारी दिए ।
 
उनका अनुसार चट्याङ लागेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि हेटौंडा अस्पताल लगिएकामा चिकित्सकले मृत घोषणा गरेका हुन् । उनको शव परीक्षणका लागि हेटौंडा अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

चट्याङ लागेर घाइते भएका स्थानीय ५६ वर्षीय वीरबल वाइवा र ४६ वर्षीय वीरबहादुर वाइवाको भने हेटौंडा अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

आइतवार दिउँसो पानी परेपछि नजिकै रहेको बद्री घिमिरेका गोठमा ओत लाग्न पुगेका उनीहरू चटयाङ लागेर गम्भीर घाइते भएका थिए । 

salt training

कमेन्ट गर्नुहोस्