२४ जेठ २०८३, आइतबार

राष्ट्रपतिद्वारा प्रतिनिधिसभाको अधिवेशन आह्वान, प्रधानमन्त्रीले विश्वासको मत लिने

बैशाख १९, २०७८
राष्ट्रपतिद्वारा प्रतिनिधिसभाको अधिवेशन आह्वान, प्रधानमन्त्रीले विश्वासको मत लिने
फाइल तस्वीर

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन्  । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रयोजनका लागिमात्रै राष्ट्रपतिले अधिवेशन आह्वान गरेकी छिन् ।

राष्ट्रपति भण्डारीले  वैशाख २७ गते सोमबार दिउँसो १ बजेका लागि अधिवेशन आह्वान गरेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरेले जारी गरेको विज्ञप्तिमा  उल्लेख छ।

विज्ञप्तिमा ओलीले नेपालको संविधानको धारा १०० को उपधारा १ बमोजिम आफूमाथि विश्वास छ भन्ने कुराको स्पष्ट गर्न आवश्यक ठानेकाले सोही प्रयोजनका लागि राष्ट्रपतिले संविधानको धारा ९३ को उपधारा १ बमोजिम अधिवेशन आह्वान गरेको उल्लेख गरिएको छ ।

सरकारले आइतबार बसेको मन्त्रिपरिषद्बाट प्रतिनिधिसभाको अधिवेशन बोलाउन सिफारिस गरेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्