०३ असार २०८३, बुधबार

अत्यावश्यक उपभोग्य वस्तु ढुवानीका साधनमा चालक र कर्मचारी मात्र

बैशाख २०, २०७८
अत्यावश्यक उपभोग्य वस्तु ढुवानीका साधनमा चालक र कर्मचारी मात्र

अत्यावश्यक दैनिक उपभोग्य वस्तुको ढुवानी सेवाका लागि उपयोग गरिएका सवारी साधनमा चालक र कामदार कर्मचारी मात्र राख्नुपर्ने भएको छ ।

ढुवानीका सवारी साधनमा पछिल्लो समय अन्य व्यक्तिलाई समेत राखेको जनाउँदै उद्योेग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले ढुवानीका साधन सञ्चालनका लागि छुट्टै नियम बनाएको छ ।

मन्त्रालयमा निषेधाज्ञाका समयमा दैनिक अत्यावश्यक उपभोग्य वस्तुको आयात, ढुवानी, सञ्चय र वितरण गर्ने कार्यलाई नियमित बनाउने विषयमा आइतवार भएको छलफलले ढुवानी साधनको नम्बर, किसिमसहित संलग्न कामदार तथा कर्मचारीको नाम, ठेगाना र मोबाइल नम्बरको विवरण खुलाउनुपर्ने निर्णय गरेको जनाइएको छ । 

बैठकले दैनिक अत्यावश्यक उपभोग्य खाद्य वस्तु ढुवानीमा प्रयोग गरिने सवारीसाधन र कर्मचारीको विवरण प्रमुख जिल्ला अधिकारी र संस्था दर्ता भएको संस्थाका प्रमुखलाई जानकारी गराउनुपर्ने निर्णय गरेको मन्त्रालयका प्रवक्ता डा. नारायण रेग्मीले जानकारी दिए ।

प्रजिअ र संस्था दर्ता भएको संस्थाका प्रमुखलाई सम्बोधन गरी पठाइएको पत्रको १–१ प्रति चालक र कामदार कर्मचारीले आफ्नो परिचयपत्रसहित साथमा राख्नुपर्ने र ढुवानीका सवारी साधनले सबैले देख्ने गरी अगाडि प्रयोजन सहितको सेवा उल्लेख गरिएको तुल राख्नुपर्ने निर्णय भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्