२६ जेठ २०८३, मंगलबार

दार्जीलिङ, खर्स्याङ र कालिम्पोङमा भाजपा विजयी

बैशाख २०, २०७८
दार्जीलिङ, खर्स्याङ र कालिम्पोङमा भाजपा विजयी

भारतको पश्चिम बंगाल विधानसभा निर्वाचनमा दार्जीलिङ क्षेत्रका तीन सीटहरूमा भारतीय जनता पार्टीले विजय हासिल गरेको छ । 
 

दार्जीलिङमा भाजपाका नीरज तामाङ जिम्बा ६७ हजार १६१ मत ल्याएर जितेका छन् ।

कालिम्पोङमा भाजपाका शुभ प्रधान तथा खर्स्याङमा बीपी बजगाइँले चुनाव जितेका हुन् । 
 

गोर्खाल्यान्ड आन्दोलनका दुई प्रमुख नेता विमल गुरुङ र विनय तामाङ तृणमूल कांग्रेसको पक्षमा लागेको भए पनि उनीहरूले समर्थन गरेका उम्मेदवार चुनाव जित्न सकेनन् । 

भाजपाले गोर्खाल्यान्ड दिलाउने स्पष्ट वाचा नगरेको भए पनि केन्द्रीय गृहमन्त्री अमित शाहले ढाका टोपी लगाएर दार्जीलिङमा भाषण गर्दै गोर्खाली समुदायको हितका लागि काम गर्ने भनेकाले पनि मतदाताहरू भाजपातिर आकर्षित भएका हुन सक्छन् । 

अनि पछिल्लो गोर्खाल्यान्ड आन्दोलनमा ममता बनर्जीले निकै दमन गरेकाले पनि उनी र उनको दलप्रति मतदाताको आक्रोश कायम रहेको देखिन्छ । 


 

salt training

कमेन्ट गर्नुहोस्