जेठ १६- शक्तिशाली राष्ट्र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प जति चर्चामा हुन्छन्, उत्तिकै चर्चामा उनकी श्रीमती मेलानिया पनि रहन्छिन् । ट्रम्प राष्ट्रपतिका लागि चुनावी मैदानमा रहँदा मेलानियाका न्युड तस्बिरसम्म सार्वजनिक भए । उनै मेलानिया अहिले ‘फस्र्ट लेडी’ भइसकेपछि पनि नयाँनयाँ कोणबाट समाचारका हेडलाइन बनिरहेकी छिन् । उनी फेरि बहुचर्चित नाटक ‘हाउस अफ कार्ड्स’मार्फत् चर्चामा आउँदै छिन्।

मेलानियाले हाउस अफ कार्ड्सको पाँचौँ शृंखलामा सहभागिता जनाउँदै छिन्, तर केबल दर्शकका रूपमा होइन । उनी नाटकको एउटा पात्रकै रूपमा उपस्थित हुनेछिन् । ३० मेमा सुरु हुने यो नाट्य शृंखलामा दर्जनौँ विद्युतीय पोसाकमा सजिएकी क्लेयर अन्डरउडको भूमिका मेलानियाले निर्वाह गर्नेछिन् । यो राजनीतिक नाटक हो ।
दुनियाँको राजनीतिमा भइरहेको वास्तविकतालाई नाटकमा देखाउन खोजिएको छ । यसअघि क्लेयर अन्डरउडको भूमिकामा चलचित्र निर्देशक तथा अभिनेत्री रोबिन राइट र उनका श्रीमान् फ्रान्सिजले केभिन स्पासेले निर्वाह गरेका थिए ।
नाटकको पाँचौँ शृंखलामा सबैभन्दा चर्चित पाटो नै मेलानियाले नाटकमा पहिरिएका विद्युतीय पोसाक र उनले गर्ने अभिनय हुनेछ । त्यसो त अन्य टेलिभिजनमा मेलानियाले पहिरिएका विद्युतीय पोसाक सार्वजनिक भइसके पनि हाउस अफ कार्ड्समा फरक प्रस्तुति रहने बताइएको छ । ग्यालरीको माध्यमबाट नौपटक क्लेयर अन्डरउड र मेलानियाको फेसन म्याच गराउने प्रविधिको प्रयोग नाटकमा भएको छ ।
यही नाटकको तेस्रो शृंखलामा क्लेयर अन्डरउडको भूमिकामा देखिएकी मेलानियाले कम्मरमा दाप भएको एक विशेष प्रकारको पोसाक लगाएकी थिइन्, जुन ढुकुरको जस्तो रंगमा थियो । उनी यो पोसाकस“गै मोतीको गहनामा सजिएकी थिइन्, नयाँ पत्रिकामा खबर छ ।