३२ असार २०८३, बिहीबार

मधेसी नेता भारतीय दूतावासमा, देउवाले बोलाएको बैठकमा अनुपस्थित

कात्तिक २०, २०७४
मधेसी नेता भारतीय दूतावासमा, देउवाले बोलाएको बैठकमा अनुपस्थित

काठमाडौं, १६ जेठ– मधेस केन्द्रित दलहरु मिलेर बनेको राष्ट्रिय जनता दलका नेताहरु सहमतीय सरकार गठनका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको बैठक छाडेर भारतीय दूतावास पुगेका छन् ।

सहमतीय सरकार गठनका लागि देउवाले मंगलबार बिहान संसद भवनमा बोलाएका थिए । तर, राष्ट्रिय जनता पार्टीका अधिकांश नेताहरु भने त्यतिबेला लैनचौरस्थित भारतीय दूतावास पुगेका थिए ।

देउवाले बोलाएको बैठकमा बैठकमा राजपाका लक्ष्मणलाल कर्ण, नरसिंह चौधरी र डिम्पलकुमारी झा मात्रै उपस्थित थिए । देउवाको बैठकमा अध्यक्ष मण्डलका नेताहरु महन्त ठाकुर, राजेन्द्र महतो, महेन्द्रराय यादव, अनिल झा, राजकिशोर यादव, शरतसिंह भण्डारीमध्ये कुनै पनि नेता देउवाले बोलाएको बैठकमा सहभागी भएनन् ।

अध्यक्ष मण्डलका सबै नेताहरु भारतीय दूतावास पुगेका जनाइएको छ । सरकारले दोस्रो चरणको निर्वाचनको मिति असार ९ गतेका लागि सारेपछि राजपालाई चुनावमा जान दवाव बढेको छ । सोही विषयमा छलफल गर्न उनीहरु भारतीय दूतावास पुगेको जनाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्