१६ असार २०८३, मंगलबार

ओली–देउवा भेटबारे डा महतको यस्तो प्रतिक्रिया

बैशाख २२, २०७८
ओली–देउवा भेटबारे डा महतको यस्तो प्रतिक्रिया

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिन नसक्ने बताएको छ ।
आगामी २७ गते प्रतिनिधिसभामा आफुले विश्वासको मत लिन लागेको र त्यसमा सघाउन आग्रह गर्दै सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठ पुगेका प्रधानमन्त्री ओलीलाई कांग्रेसले विश्वासको मत दिन नसक्ने बताएको हो ।

बैठकपछि नेता प्रकाशशरण महतले  देउवासँगको भेटमा प्रधानमन्त्री ओलीले लोकतान्त्रिक प्रणालीका लागि दुवैले संगै लडेको स्मरण गर्दै त्यसको रक्षाका लागि आफुलाई सहयोग गर्न आग्रह गरेका थिए । जवाफमा आफुहरुले सरकारले लोकतान्त्रिक प्रणालीलाई सुदृढ गर्ने व्यवहार नदेखाएको र अहिलेसम्मका गतिविधिका आधारमा समर्थन गर्ने अवस्था नरहेको बताएको नेता महतले जानकारी दिए ।

उनले भने, ‘लोकतान्त्रिक व्यवस्था कमजोर पार्ने काम भएसम्म व्यवहारिक रुपमा लोकतन्त्रका लागि हामी संगै लडेका हौ भन्ने प्रधानमन्त्रीको भनाई अनुसारका काम नभएकाले व्यवहारमा पनि ती कुरा आउनुपर्यो । विपक्षी पार्टी भएपनि लोकतान्त्रिक प्रक्रियालाई सहयोग गर्न हामी  सधै तयार छौ तर ती कुरालाई व्यवहारमा पनि देखिनुपर्योे भन्ने कुरा हामीले स्पष्ट राख्यौ । लोकतन्त्रलाई मजबुत बनाउने कुराहरुलाई गम्भीरताका साथ हामीले उठायौ । विशेषगरि प्रधानमन्त्रीलाई विशेष अधिवेशनमा आफुहरुले सहयोग गर्न नसक्ने कुरा हामीले स्पष्ट भनेका छौ । हामी विपक्षी दलको हैसियतले सत्ता साझेदारी गर्न र विश्वासको मत दिने अवस्थामा छैनौ । तर लोकतान्त्रिक मुल्य मान्यता लाई सुदृढ गर्ने कुराको सवालमा व्यवहारमा देखिनुपर्यो ।सत्ताधारी दलको अहिलेसम्म देखिएको क्रियाकलापको आधारमा अहिलेसम्म समर्थन गर्ने अवस्था छैन भनेर हामीले भन्यौ ।’

salt training

कमेन्ट गर्नुहोस्