१० असार २०८३, बुधबार

कोरोनाको उपचारमा बढी शुल्क लिने निजी अस्पताललाई कारवाही गरिने

बैशाख २३, २०७८
कोरोनाको उपचारमा बढी शुल्क लिने निजी अस्पताललाई कारवाही गरिने

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ संक्रमितको उपचारमा बढी शुल्क लिने निजी अस्पताललाई कारवाही गर्ने भएको छ ।

मन्त्रालयले संक्रमणको महामारीमा केही निजी अस्पतालले सरकारले तोकेकोभन्दा बढी शुल्क लिने गरेको पाइएकाले त्यस्ता अस्पताललाई कारवाही गर्ने भएको हो । 

मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले बढी शुल्क लिने अस्पतालबारे मन्त्रालय र स्थानीय प्रशासनमा परेको उजुरीका आधारमा कारवाही गरिने बताए । ‘महामारीको यो संकटमा हामीले एकले अर्कालाई सेवभावले सहयोग गर्नुपर्ने समयमा अनावश्यक दुःख दिने, समस्या बढाउने कार्यप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ,’ उनले जारी गर्नुभएको विज्ञप्तिमा भनिएको छ, ‘अनावश्यक बढी शुल्क लिने लगायतका गैरकानूनी गतिविधि गर्ने जुनसुकै व्यक्ति वा संस्थाउपर यस्ता गतिविधि नगर्न नगराउन हुन सचेत गराइन्छ ।’

salt training

कमेन्ट गर्नुहोस्