०६ असार २०८३, शनिबार

सेनाको कार्गो विमान बाजुरामा क्र्यासल्याण्ड, दुई पाइलट घाइते

कात्तिक २०, २०७४
सेनाको कार्गो विमान बाजुरामा क्र्यासल्याण्ड, दुई पाइलट घाइते
काठमाडौं, १६ जेठ – बाजुराको कोल्टी विमानस्थल नजिकै नेपाली सेनाको स्काई (ट्रक) विमान दुर्घटनामा परेको छ । एयरपोर्ट भन्दा करीब २० मिटर पर खेतमा विमान दुर्घटनाग्रस्त भएको हो ।

सुर्खेतबाट कालिकोटका लागि उडेको उक्त विमान मौसमका कारणले कालिकोटमा अवतरण गर्न नसकेपछि बाजुरातर्फ लागेकाे थियाे । दुर्घटनामा परेर २ जना पाइलट घाइते भएका छन् । विमानमा रहेका अर्का एक इन्जिनियरकाे बारेमा जानकारी अाएकाे छैन ।

नेपाली सेनाका प्रवक्ता झंकबहादुर कडायतले विमानमा रहेका तीन जना चालक दलका सदस्य मध्ये दुई जना पाइलट घाइते भएका छन् । अर्का एक इन्जिनियरको बारेमा चाहिँ अहिले सम्म केही पनि विवरण नआएको कडायतले बताए । मौसममा आएको खरावीको कारणले अहिले अहिले सम्म सबै सूचना प्राप्त नभएको उनले बताए ।

कल साइन एनए ०४८ को स्काइ ट्रक जहाज दुर्घटनामा परेको हो । नेपालगञ्जबाट कार्गो (सामान) बोकेको बिमान कालिकोट तर्फ गएको थियाे । कालिकोटमा अवतरण गर्न नसकेपछि बाजुरातर्फ डाइभर्ट भएको थियो ।

 बाजुरमा क्र्यास ल्याण्ड भएको उक्त विमानको अघिल्लो भाग क्षतिग्रस्त भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्