०७ असार २०८३, आइतबार

राजकुमार रावले ८० वर्षीया अभिनेत्रीलाई किस गरेपछि ... (भिडियो सहित)

कात्तिक २०, २०७४
राजकुमार रावले ८० वर्षीया अभिनेत्रीलाई किस गरेपछि ... (भिडियो सहित)

काठमाडौं, १६ जेठ — बलिउड अभिनेता राजकुमार रावले ‘बहन होगी तेरी’ फिल्ममा ८० वर्षीया अभिनेत्री कमलेश गिललाई किस गरेर सनसनी मच्चाएका छन् ।


फिल्मको एक सीनमा उनले मुखबाट सास दिने काम अर्थात् सीपीआर गर्नुपर्ने थियो । फिल्मको ट्रेलरमा पनि यो सीन छ । त्यसमा बिन्नी (श्रुति हासन) ले गट्टु (राजकुमार) लाई एक वृद्ध महिला (कमलेश गिल)लाई सीपीआर दिन लगाउँछिन् ।

सीपीआर सीनका लागि राजकुमारले १८ वटा रिटेक लिनुपरेको थियो । यो अवधिमा उनलाई हाँसो रोक्न गाह्रो परेको थियो ।

अझ, एउटा टेकमा त उनले कमलेशलाई किस नै गरे र पूरै सेटमा शान्ति छायो । तर कमलेश आफैंले मजाले हाँसेपछि पूरै सेटमा हाँसोको फोहरा छुट्यो ।

त्यो दिनभरि यो किसको चर्चा चलिरह्यो ।

अजय पन्नालालले निर्देशन गरेको फिल्म बहन होगी तेरी जेठ २६ गते रिलिज हुँदैछ । फिल्ममा गौतम गुलाटीको पनि प्रमुख भूमिका छ ।

हेरौं भिडियो :

 

एजेन्सी

कमेन्ट गर्नुहोस्