०६ असार २०८३, शनिबार

एमाले स्थायी कमिटी बैठकलगत्तै राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री ओली शीतलनिवासमा

बैशाख २३, २०७८
एमाले स्थायी कमिटी बैठकलगत्तै राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री ओली शीतलनिवासमा

नेकपा एमालेको स्थायी कमिटी बैठक लगत्तै प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका छन् । 

बालुवाटारमा बसेको बैठक सकिएलगत्तै प्रधानमन्त्री ओली शीतलनिवास पुगेका हुन् । बैठकमा संसद्को विशेष अधिवेशन र विश्वासको मतका सम्बन्धमा छलफल भएको थियो । 

प्रधानमन्त्री ओलीले विश्वासको मत लिने गरी यही वैशाख २७ गतेका लागि प्रतिनिधि सभाको विशेष अधिवेशन आह्वान गरिएको छ ।

बैठकमा प्रधानमन्त्रीले विश्वासको मत पाउने गरी अगाडि बढ्ने निर्णय भएको पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।
 

salt training

कमेन्ट गर्नुहोस्