२६ जेठ २०८३, मंगलबार

बाबरी मस्जिद काण्डमा सबै आरोपीलाई जमानत

कात्तिक २०, २०७४
 बाबरी मस्जिद काण्डमा सबै आरोपीलाई जमानत

काठमाडौं, १६ जेठ — बाबरी मस्जिद भत्काउनमा संलग्न रहेको आरोप लागेका भारतीय जनता पार्टीका वरिष्ठ नेताहरूलाई विशेष सीबीआई अदालतले जमानत दिएको छ । उनीहरूलाई ५० हजार भारुमा धरौटी भर्न लगाइएको थियो ।


भाजपाका नेताहरू लालकृष्ण आडवाणी, मुरलीमनोहर जोशी र उमा भारती लगायतका नेताहरू मंगलवार लखनउस्थित विशेष सीबीआई अदालत पुगेका थिए ।

यी नेताहरूले सन् १९९२ मा अयोध्यास्थित बाबरी मस्जिद भत्काउनका लागि विभिन्न ठाउँबाट आएका कारसेवकहरूलाई भड्काएको आरोप छ । मस्जिद भत्किएपछि भड्किएको हिंसामा कैयौंले ज्यान गुमाएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्