१५ असार २०८३, सोमबार

पछिल्लो २४ घन्टामा ५४ संक्रमितको मृत्यु, ९ हजार ७० संक्रमित थपिए

बैशाख २३, २०७८
पछिल्लो २४ घन्टामा ५४ संक्रमितको मृत्यु, ९ हजार ७० संक्रमित थपिए

पछिल्लो २४ घन्टामा ९ हजार ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

बिहीवार २० हजार ३६७ पीसीआर तथा ७७५ एन्टिजेन परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

यससँगै हालसम्म मुलुकभर ३ लाख ६८ हजार ५ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार यस दिन २ हजार ७ सय ७ जना संक्रमित निको भएका छन् ।  हालसम्म २ लाख ९२ हजार ४ सय ९० संक्रमितको उपचारपछि निको भएका छन् । हाल निको भएको दर ७९.४ प्रतिशत रहेको छ ।

बिहीवार ५४ संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ५ सय २९ पुगेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्