०८ असार २०८३, सोमबार

पासपोर्टको लागि फारम भर्न अब धाउनुपर्दैन साइवर, इन्स्टल गर्नुस् 'पासपोर्ट एप'

कात्तिक २०, २०७४
पासपोर्टको लागि फारम भर्न अब धाउनुपर्दैन साइवर, इन्स्टल गर्नुस्   'पासपोर्ट एप'
काठमाडौं, १३ पुस -राहदानीको (पासपोर्ट) आवेदन फाराम भर्न साइबर क्याफे धाइरहनुपर्ने अवस्थाको अन्त्य हुने भएको छ। अबको एक सातामा मोबाइलबाटै राहदानीको आवेदन भर्न सकिने राहदानी विभागले जनाएको छ।ppयसअघि अनलाइनबाट राहदानीका लागि आवेदन दिने व्यवस्था गरेको विभागले राहदानी वितरण प्रक्रियालाई अझ सहज बनाउन मोबाइल एप ल्याउने तयारी गरेको राहदानी विभागका सूचना अधिकृत रामप्रसाद सुवेदीले जानकारी दिए, गोरखापत्रले खबर छापेको छ  ।


‘अहिले हामी एन्ड्रोइड र आईओएस दुबै प्लेटफर्मका मोबाइलमा चल्ने एपको अन्तिम परीक्षणको क्रममा छौँ। यो एप जारी भएसँगै पढेलेखेका व्यक्ति पनि व्यावसायिक रुपमा सञ्चालनमा रहेका अनलाइन फर्म भर्ने स्थानमा गएर एक सय/दुई सय तिरेर लाइनमा बसेर फाराम भर्ने परिपाटीको अन्त्य हुनेछ’ सूचना अधिकृत सुवेदीले भने ।

मोबाइल एपको प्रयोगमार्फत् आवेदनकर्ताले अनलाइन फाराम भरे जस्तै सम्पूर्ण विवरण मोबाइलबाटै भर्न सक्नेछन्। ‘मोबाइलबाट फराम भरेपछि आवेदनकर्ताले बारकोड नम्बर प्राप्त गर्छन्। उक्त बारकोडलाई स्क्रिन सट लिएर मोबाइलमा सेभ गर्ने, सेभ भएको बारकोडको फोटो लिएर विभागमा आउने व्यक्तिको फोटो र औँठा छाप लिने व्यवस्था मिलाएका छौँ’ सूचना अधिकृत सुवेदीले भने ।

यो मोबाइल एप एन्ड्रोइड मोबाइल र आईफोन तथा आईप्याड (आईओएस) अपरेटिङ् सिस्टम भएका मोबाइल डिभाइसमा प्रयोगकर्ताले प्लेस्टोर र एप स्टोरमा गएर प्राप्त गर्न सक्नेछन्। मोबाइलको प्लेस्टोर र एप स्टोरमा गएर ‘नेपाली पासपोर्ट’ सर्च गरेपछि विभागले राखेको एप देखिने छ, उक्त एप मोबाइलमा इन्स्टल गरेर ओपन गरेपछि राहदानीका लागि आवेदन फाराम भेटिने विभागले जनाएको छ।

salt training

कमेन्ट गर्नुहोस्