०९ असार २०८३, मंगलबार

एकैदिन ११ सय रुपैयाँले बढ्यो सुन, कति पुग्यो मूल्य ?

बैशाख २४, २०७८
एकैदिन ११ सय रुपैयाँले बढ्यो सुन, कति पुग्यो मूल्य ?

नेपाली बजारमा शुक्रवार सुनचाँदीको मूल्यमा वृद्धि भएको छ । 

यस दिन छापावाल सुन प्रति तोला ९१ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ ।

अघिल्लो दिन यस्तो सुन प्रति तोला ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । अघिल्लो दिनको तुलनामा यस दिन सुनको मूल्यमा १ हजार १ सय रुपैयाँ बढेको हो । 

यस दिन तेजाबी सुन प्रति तोला ९१ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन यस्तो सुन प्रति तोला ९० हजार १ सय रुपैयाँमा कारोबार भएको थियो  ।

महासंघका अनुसार, शुक्रवार चाँदी प्रति तोला १ हजार ३ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी प्रति तोला १ हजार ३ सय १५ रुपैयाँमा कारोबार भएको थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्